このサイトではJavaScriptを使用したコンテンツ・機能を提供しています。JavaScriptを有効にするとご利用いただけます。

本文へスキップします。

ホーム > 教育・文化 > 学校教育 > 小・中学校 > 多様な学びの充実・連携について > तोचिगी मानाबिनो युमे गाकुएन् जानकारी

更新日:2025年7月2日

ここから本文です。

तोचिगी मानाबिनो युमे गाकुएन् जानकारी

सन् २०२६ साल अप्रिल देखि खुल्ने, केनरिचु याकान् च्युउगाकु तोचिगी केनरिचु तोचिगी मानाबिनो युमे गाकुएन्

के तपाईं सार्वजनिक रात्रि विद्यालयमा अध्ययन गर्न चाहनुहुन्छ?

◯ तोचिगी केनरिचु तोचिगी मानाबिनो युमे गाकुएन्,

・अध्ययन गर्न चाहाने व्यक्ति, जो कोहि पनि, जहिलेबाट भएपनि, अध्ययन गर्न सकिने विद्यालय हो ।

・सपना साकार पार्नको लागि, विभिन्न सहयोग प्रदान गर्ने विद्यालय हो ।

・सपना पूरा गर्न अध्ययन जारी राख्ने व्यक्तिहरू हुर्काउने विद्यालय हो ।

◯ भर्ना हुनसक्ने व्यक्तिहरु, अनिवार्य शिक्षाको विषयवस्तुहरुको अध्ययन गर्न चाहाने, १५ बर्ष भन्दा माथिका व्यक्तिहरु हुन् ।

(सिद्धान्ततः, तोचिगी-केन भित्र बसोबास गरेर, विद्यालय जान-आउन सक्ने व्यक्तिहरू)

(注記) सबै देशका मानिसहरू सँगै अध्ययन गर्न सक्छन् ।

◯ स्थान

तोचिगी केनरिचु तोचिगी मानाबिनो युमे गाकुएन्

〒328-8558 तोचिगी-केन् तोचिगी-शि नुमावादाच्योउ २-२, तोचिगी केनरिचु गाकुयुउकान् कोउतोउ गाक्कोउ-नाई

(तोचिगी स्टेशनबाट हिंड़ेर ५ मिनेट)

◯ सम्पर्क गर्ने ठाऊँ

फोन:०२८-६२३-३५२७ मेल:manabinokikai@pref.tochigi.lg.jp

तोचिगी-केन गिमुक्योउइकु-का मानाबिनो किकाइ ज्युउजिचु तान्तोउ (सोमबार—शुक्रबार ९:००—१७:००)

◯ दैनिक तालिका (उदाहरण)

विवरण समय
शुरूवात भेला 17:10〜17:15( 5 मि. )
पहिलो अवधि 17:15〜17:55(40 मि.)
दोश्रो अवधि 18:00〜18:40(40 मि.)
तेश्रो अवधि 18:55〜19:35(40 मि.)
चौथो अवधि 19:40〜20:20(40 मि.)
समापन भेला 20:25〜20:30( 5 मि. )

◯ अध्ययन समय/कक्षा दिनहरू

- कक्षाहरू हप्ताको पाँच दिन, सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुन्छन् ।

- लामो बिदाहरु (जस्तै गर्मी बिदा) मा कुनै कक्षाहरू हुँदैनन् ।

◯ अध्ययन गर्नुपर्ने विषयहरू

जापानी, सामाजिक, गणित, विज्ञान, अंग्रेजी, संगीत, कला, स्वास्थ्य र शारीरिक, प्रविधि र घर, कक्षा गतिविधिहरू, नैतिक शिक्षा,

एकीकृत अध्ययनको समय

◯ पाठ्यक्रम अनुसारको अध्ययन

विद्यार्थीहरूले जुनियर हाई स्कूल तेस्रो बर्षको विद्यार्थी सरहको विषयवस्तुहरुको अध्ययन गर्नेछन् ।

विद्यार्थीहरूले जुनियर हाई स्कूल दोस्रो बर्षको विद्यार्थी सरहको विषयवस्तुहरुको अध्ययन गर्नेछन् ।

विद्यार्थीहरूले जुनियर हाई स्कूल पहिलो बर्षको विद्यार्थी सरहको विषयवस्तुहरुको अध्ययन गर्नेछन् ।

विद्यार्थीहरूले प्राथमिक विद्यालयको विषयवस्तु सहित, आधारभूत विषयवस्तुहरुको अध्ययन गर्नेछन् ।

जापानी भाषाको आधारभूत कुराहरू सिक्नुका साथै प्रत्येक विषयको विषयवस्तु पनि अध्ययन गर्नेछन् ।

◯ अध्ययन विषयवस्तु

- तपाईंको ग्रेड स्तर जस्तोसुकै भए पनि, तपाईं आफ्नो व्यक्तिगत लक्ष्यहरू पूरा गर्न अध्ययन गर्न सक्नुहुन्छ ।

- इजाजतपत्र प्राप्त शिक्षकहरूद्वारा पढाइनेछ ।

- आवश्यक पाठ्यक्रमहरू पूरा गरेपछि तपाईं स्नातक हुनुहुनेछ ।

- तपाईंले कुनै खास विषय वा जापानी भाषा मात्र पढ्न सक्नुहुन्न ।

◯ भर्ना प्रक्रिया

चरण १: व्याख्या सुन्नुहोस्

・व्याख्या भेलामा भाग लिनुहोस् ।

・यदि तपाईं उपस्थित हुन सक्नुहुन्न भने, कृपया गिमुक्योउइकु-का मानाबिनो किकाइ ज्युउजिचु तान्तोउलाई सम्पर्क गर्नुहोस् ।

(注記)विवरण बैठकको भिडियो (अघिल्लो वर्षको सामग्री)(外部サイトへリンク)

चरण २: अन्तर्वार्ता

・हामी तपाईंको भर्नाको कारण र तपाईंको अहिलेसम्मको अध्ययन इतिहासको बारेमा सोध्नेछौं ।

・भर्ना हुन चाहने सबै विद्यार्थीहरूको अन्तर्वार्ता लिइनेछ ।

चरण ३: कागजातहरू पेश गर्ने

・हुलाक मार्फत वा व्यक्तिगत रूपमा पेश गर्न सकिन्छ ।

・कृपया तपाईंको अन्तर्वार्ता लिईएको एक महिना भित्र पेश गर्नुहोला ।

चरण ४: भर्ना निर्णय

・तपाईंले भर्ना निर्णयको बारेमा, केन क्योउइकु ईइंकाई (प्रिफेक्चरल शिक्षा बोर्ड) बाट सूचना प्राप्त गर्नुहुनेछ ।

・विद्यार्थी भर्ना सम्बन्धी थप जानकारीको लागि

(注記)विद्यार्थी भर्ना सूचना (जापानी संस्करण बिना फुरी कागज)(PDF:275KB)

(注記)विद्यार्थी भर्ती सूचना (जापानी संस्करणमा रोमानजीसँग)(PDF:292KB)

◯ तोचिगी मानाबिनो युमे गाकुएन् (तोचिगी लर्निङ ड्रीम स्कूल) प्रश्नोत्तर

प्रश्न १: के प्रवेश परीक्षा छ ?

उत्तर १: कुनै प्रवेश परीक्षा छैन । व्यक्तिगत अंतरवार्तामा परामर्श गरेपछि निर्णय गरिनेछ ।

प्रश्न २: के यसको लागि केही खर्च लाग्छ ?

उत्तर २: कुनै प्रवेश शुल्क वा शिक्षण शुल्क लाग्दैन, तर अध्ययन गर्दा चाहिने सामग्रीहरु चाँही आफैंले किन्नुपर्ने पनि हुन्छ ।

प्रश्न ३: मलाई जापानी भाषा बोल्न आउँदैन । के म तोचिगी मानाबीनो युमे गाकुएनमा भर्ना हुन सक्छु ?

उत्तर ३:सक्नुहुन्छ । जापानी भाषा सिकेपछि तपाईं शैक्षिक विषयहरू अध्ययन गर्न सक्नुहुन्छ ।

प्रश्न ४: म कतिबर्ष सम्म पढ्न सक्छु?

उत्तर ४: सिद्धान्ततः, तीनबर्ष सम्म हो, तर तपाईं दोस्रो, तेस्रो बर्षबाट शुरु गर्न वा तीन बर्षभन्दा बढी अध्ययन गर्न सक्नुहुन्छ ।

お問い合わせ

義務教育課

〒320-8501 宇都宮市塙田1-1-20 県庁舎南別館3階

電話番号:028-623-3527

ファックス番号:028-623-3399

Email:manabinokikai@pref.tochigi.lg.jp

AltStyle によって変換されたページ (->オリジナル) /