खावासाकी अन्तर्राष्ट्रिय संघ

एक्सेसम्याप


हिडेर आउनेहरुको लागि

  • टोक्यू टोयोको लाइन ⋅ मेगुरो लाइन मोतोसुमीयोशी स्टेशनको टिकट गेटको बायाँ तिरको एस्केलेटर (पश्चिम गेट) बाट तलओर्लि, बायाँतिरको मोतोसुमी ब्रेमेन बजारको बाटो सीधा आउनु होस् ।
  • लगभग ४५० मिटर (८ मिनेट) जति हिडेपछि माथि तिर “कुखुराको चिन्ह” भएको गेट, दायाँतर्फ “सुजुकी सुइसान् ”(माछा पसल ) र बाटोको संकेत देख्नु हुनेछ। त्यहाँबाट दायाँ लग्नु होला। १५० मिटर (२ मिनेट) जति हिडेपछि कर्नरमा बिदेशी भाषा (१० भाषा ) मा लेखिएको केन्द्रको बोर्ड संकेत छ ।
  • बोर्डको बायाँछड्केतिरको पैदल यात्रीहरू हिड्ने ढुँगा छापेको बाटो १५० मिटर (२ मिनेट) जति हिडेपछि रातो हुलाकको बाक्स देख्नु हुनेछ। त्यसको दायाँतर्फ केन्द्रको मुल ढोका छ ।
Guide-arch

कुखुराको चिन्ह

Guide Post

बाटोको संकेत

10 languages sign board

केन्द्रको बोर्ड संकेत

मोतोसुमीयोशी स्टेशन सम्मको मुख्य ट्रेनको मार्गहरु

मोतोसुमीयोशी स्टेशन सम्मको मुख्य ट्रेनको मार्गहरु

गाडीमा आउनेहरुको लागि

चुनासिमा मार्गबाट

  • “किजुकी योनच्योमे” को चौबाटो बाट सित्ते कुरोखावा लाईन तोमेई खावासाकी ईन्टरचेन्ज तिर मोड्नु होस्।
  • “इडा स्योबोस्यो माये (इडा फायर स्टेशनको अगाडि)” भन्ने ट्राफिक लाइट बाट दाँया मोड्ने र तेस्रो ट्राफिक लाइट “इडा च्युगाक्को माये (माये माद्यामिक विद्यालय अगाडि)” बाट दाँया मोड्नु होस्।
  • त्यहाँबाट सिधा अगाडि आई दोस्रो ट्राफिक लाइट कटेपछि दायाँ तिर सेन्टरको पार्किंग देख्नु हुनेछ।

नाम्बु लाइन सँग जोडिएको बाटो ( मुसाशी कोसुगी तर्फ) बाट

  • मिजोनोकुची जाने बाटो तिर लाग्ने र “इमाइ खामिच्यो” को बोर्ड भएको ट्राफिक लाइट बाट बाँया पट्टि मोड्नु होस्।
  • चौथो ट्राफिक लाइट बाट दायाँ मोड्नु होस् (दायाँ तिर केन्द्रको साइनबोर्ड देख्नु हुनेछ)।
  • त्यस पछिको ट्राफिक लाइट “खावासाकी कोकुसाई कोउरिउ सेन्टर माये (खावासाकी अन्तर्राष्ट्रिय केन्द्र अगाडि)” भन्दा वर केन्द्रको पार्किंगमा छिर्ने ढोका छ।

नाम्बु लाइन सँग जोडिएको बाटो (मिजोनोकुची तर्फ) बाट

  • मुसाशी कोसुगी जाने बाटो तिर लाग्ने र “खामिकोदानाखा” भन्ने चौबाटो कटेर ५०० मिटर जति अगाडि “सान्टोरी कारखाना” देख्नु हुनेछ। त्यो सँगैको “इमाइ खामिच्यो” को बोर्ड भएको ट्राफिक लाइट बाट बाँया पट्टि मोड्नु होस्।
  • चौथो ट्राफिक लाइट बाट दायाँ मोड्नु होस् (दायाँ तिर केन्द्रको साइनबोर्ड देख्नु हुनेछ)।
  • त्यस पछिको ट्राफिक लाइट “खावासाकी कोकुसाई कोउरिउ सेन्टर माये (खावासाकी अन्तर्राष्ट्रिय केन्द्र अगाडि)” भन्दा वर केन्द्रको पार्किंगमा छिर्ने ढोका छ।

案内標識写真

साइनबोर्ड

駐車場入り口写真

पार्किंगमा छिर्ने ढोका


Copyright (c) Kawasaki International Association. All rights reserved. 374174

AltStyle によって変換されたページ (->オリジナル) /