Menu
  1. 国際化事業部トップページ
  2. ブログ
  3. 【काम खोजिरहेका ब्यक्तिहरुको लागि】हेलोवर्क बाटको जानकारी (ハローワークについて)

ブログ国際化事業部からのお知らせ

【काम खोजिरहेका ब्यक्तिहरुको लागि】हेलोवर्क बाटको जानकारी (ハローワークについて)

हेलोवर्क भनेको सरकारी कर्मचारीले तपाइको नयाँ काम खोज्न सहयोग गरिदिने ठाँउ हो । रोजगारसँग सम्बन्धित बिभिन्न किसिमका परामर्शहरु लिन सकिन्छ । जस्तो सुकै कुरा भए पनि, सुरुमा काउन्टरमा सल्लाह गरेर हेरौं।

【हेलोवर्क सेन्दाईको ठेगाना】
मियागीनो-कु चुचुजीगावोका 4-2-3 सेन्दाई MT बिल्डिङ 3-5औं तला
सोमबारदेखि शुक्रवार 8:30〜17:15
फोन:022-299-8811
(शनि・आइत・सार्वजनिक बिदा र नयाँवर्षको बिदा बाहेक)
> https://goo.gl/maps/KC6ZaQVKLEd22F1o6

【विदेशी भाषामा पनि हेलोवर्कमा फोन गर्न सकिन्छ】
विदेशी भाषामा कुरा गर्नको लागिको फोननम्बर
नेपाली 0800-919-2909

समय:
सोमबारदेखि शुक्रवार 8:30〜18:00
शिनबार 10:00〜17:00
(आइत・सार्वजनिक बिदा र नयाँवर्षको बिदा बाहेक)
> https://www.mhlw.go.jp/content/000673015.pdf

【कम्पनी छोड्ने व्यक्ति / कम्पनी छोडेर नयाँ काम खोजिरहेका व्यक्तिको लागि】
विदेशीहरूको लागि हेलोवोर्क सदुपयोगी चेकलिस्ट
तपाईंले कसरी कम्पनी छोड्ने हो (छोडेको हो ) चेक गर्नु होस ।
कम्पनि छाडे पछी, तुरुन्तै प्रक्रिया चाल्नुपर्ने कुराहरु पनि छन ।
> https://www.mhlw.go.jp/content/000678130.pdf

【काम छोड्नु भएका / काम गुमाउनु भएका सम्पूर्ण महानुभावहरुमा】
रोजगारी खोजिकर्ता लाभ, काम खोज्ने आवेदन प्रक्रियाको तरिका
रोजगार बिमाको बेरोजगार लाभहरु भित्र, बेरोजगार हुन पुगेका व्यक्तिले स्थिर दैनिक जिबनयापन गर्दै एकदिन भए पनि चाँडो पुनर्रोजगारमा लाग्न सकुन भनि, रोजगारी खोज्ने गतिविधिलाइ टेवा पुर्याउने "रोजगारी खोजिकर्ता लाभ" रहेको छ ।
> https://www.mhlw.go.jp/content/000682038.pdf

【हेलोवर्क सेन्दाईको दोभाषे उपलब्ध हुने मिति र समय 】
यहाँ अंग्रेजी र चिनियाँ भाषाका दोभाषे उपलब्ध छन ।
> https://www.mhlw.go.jp/content/000592865.pdf

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया "*"लाई "@" राखेर पठाउनुहोस् )

2020年12月07日

さんかくページの先頭へ

AltStyle によって変換されたページ (->オリジナル) /